प्रदेशको सीमांकन लिएर देशभर हिंसा जारी, महोत्तरीको जलेश्वरमा ४ जना र सप्तरीमा एकजनाको मृत्यु, कयौ घाइते

महोत्तरी  । महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा बुधबार प्रहरीको गोली लागि ४ जनाको मृत्यु भएको छ ।
जलेश्वर नगरपालिका-७ का रोहित चौधरी, जलेश्वर-१४ पखडी गाउँका मुसो कापर, महोत्तरी गाविस-५ का रामविवेक यादव रहेका छन् । एकजनाको सनाखत हुन सकेको छैन । झडपका क्रममा एक सन्चारकर्मीसहित १३ जना घाइते भएका छन् ।
प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले बुधबबार अपरान्ह साढे ४ बजेपछि कर्फ्यु आदेश जारी गरेको छ ।
गाउँ-गाउँबाट जलेश्वर पुगेका प्रदर्शनकारीहरु ढुंगाप्रहार गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीतर्फ बढ्न लाग्दा सुरक्षाकर्मी केही सेल अश्रुग्यासका साथै गोली प्रहार गरेको थियो ।
गाउँ-गाउँबाट पैदल मात्र नभइ प्रदर्शनकारीहरु ट्याक्टर, मोटरसाइकल तथा साइकलमा जलेश्वर आएका थिए । अश्रुग्यासको धुवाँबाट बच्न भएको भागदौडमा केही प्रर्दशनकारी सामान्य घाइते भएका छन् ।
उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । इमेजखबरमा समाचार छ । 

सप्तरीको भारदहमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एकजनाको मृत्यु
सप्तरीको भारदह पोर्ताह चोकमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा बुधबार एकजनाको मृत्यु भएको छ ।
अवरुद्ध बाटो खुलाउनेक्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर पोर्ताह- १ का ६० वर्षीय रामकृष्ण राउतको मृत्यु भएको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ । गोली लागि अरु केही प्रदर्शनकारी घाइते भएका छन् ।
आन्दोलनकारीले राजमार्गमा रुख ढालेर अवरुद्ध गरेपछि प्रहरीले हटाउनेक्रममा झडप भएको हो ।
प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले भारदह र पोर्ताहमा बुधबर दिउँसो २ बजेदेखि विहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
यस्तै, कोशी ब्यारेजदेखि बलान खोलासम्म राजमार्ग क्षेत्र वरिपरी ५ सय मिटरभित्र अनिश्चितकालीन निषेधाज्ञासमेत जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । इमेजखबरमा समाचार छ ।