राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको टीकापुरमा भदौ ७ गते ८ जना प्रहरीसहित १ नाबालकको हत्या भएको घटनामा माओवादीका पूर्व लडाकुहरूको संलग्न रहेको देखिएको बताएको छ।
आयोगले बिहीबार जारी गरेको विज्ञप्तीमा घरेलु हतियार भाला, खुकुरी र बन्चरो प्रयोग गरी एसएसपी लक्ष्मण न्यौपाने सहितका सुरक्षाकर्मीको हत्या गरिएको उल्लेख गरेको छ।
जोशीपुर गाविसबाट आएका आन्दोलकारीहरूमा तत्कालीन नेकपा माओवादीका पूर्व लडाकुहरू पनि समावेश भएको बुझिएको छ। आन्दोलनमा अधिकांश युवा उमेर समूहका व्यक्तिहरू सहभागी रहेको बुझिएको छ