नव नियुक्त प्रधानसेनापति राजेन्द्र क्षेत्रीद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

नव नियुक्त प्रधानसेनापति राजेन्द्र क्षेत्रीले विहिबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।  राष्ट्रपति भवन शीतलनिवासमा अायोजित समारोहबीच राष्ट्रपति रामवरण यादवले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
 
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री एवम् रक्षामन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, परराष्ट्रमन्त्री मन्त्री महेन्द्रबहादुर पाण्डे, संवैधानिक निकायका प्रमुख एवम् अरु सुरक्षा निकायका प्रमुखहरु उपस्थित थिए। 
 
राष्ट्रपति भवनमा दर्ज्यानी चिन्ह पाएर सपथ ग्रहण गरेपछि क्षेत्रीले सैनिक मुख्यालय जङ्गी अड्डामा आजै पदभार ग्रहण गरेका छन्। उनी  नेपाली सेनाको ४२औँ प्रधानसेनापतिका हुन। यसअघि मुख्यालयमा उनको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। प्रधानसेनापति गौरवशम्शेर राणा आजैदेखि सेवानिवृत्त भएका छन्। 
 
नवनियुक्त प्रधानसेनापति क्षत्रीको सम्मानमा नेपाली सेनाले आजै साँझ स्वागत समारोहको कार्यक्रम राखेको छ। उनले गएको साउन २६ गतेदेखि कायममुकायम प्रधानसेनापति भई जिम्मेवारी सम्हाल्दै आएका थिए। 
मन्त्रिपरिषद्को साउन २८ गतेको बैठकले उनलाई आजै भदौ २४ देखि लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 
पारिवारिक स्रोतका अनुसार नवनियुक्त प्रधान सेनापति क्षेत्रीले आजै आफ्नी आमाको १ वर्षको वर्खि फुकाएका थिए। सेटोपाटीमा समाचार छ ।