भूकम्पपछि बिस्थापित रसुवाको लाङ्टाङबासी चार महिनापछि आफ्नो थातथलोमा फर्किएका छन् ।
हिमपहिरो र सुख्खा पहिरोले पैदलमार्ग भत्किएका कारण हवाई मार्गबाट उनीहरु लाङटाङ फर्किएका हुन् ।
काठमाडौंको पहेँलो गुम्बामा शरण लिई बसेको बिस्थापितहरु विभिन्न संघ संस्थाको सहयोगमा हेलिकोप्टरमार्फत् लाङटाङ पुगेका हुन् ।
तत्काल गोरेटो बाटो र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि जिल्ला विकास समिति र जिल्ला दैविक प्रकोप उद्धार समितिले आवश्यक खाद्यान्य हवाई मार्गबाटै पठाइएकाले सबै बिस्थापितलाई आफ्नो थातथलोमा पु