कर्फ्यु आदेश अवज्ञा गर्दै जनकपुरमा प्रदर्शन भएपछि प्रहरीले चलाएको गोलीबाट दुई जनाको मृत्यु भएको छ। गोली लागि २० जना घाइते भएका छन्।
मृत्यु हुनमा जमुनिया अन्दाजी १४ वर्षका नितु यादव र सबैलाका विनोदकुमार साह छन्। घाइते अवस्थामा जनकपुर अञ्चल अस्पताल पुर्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका हुन्।
प्रदर्शनकारी ढेँगा शिवपुरबाट जनकपुर चुरोट कारखाना हुँदै नगरभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो। प्रहरीले रोक्न खोज्दा जबरजस्ती अघि बढ्ने खोजेपछि प्रहरीले जवाफमा अश्रुग्यास र गोली प्रहार गरेको हो।
गोली लागि २० जना घाइते भएका छन्। घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
कुर्थाका परमेश्वर साह, लाहनाका अजय साह, जनकपुरमा मुकेश साह, जनकपुरकै बालमुकुन्द साह, जनकुपरका कृष्ण मण्डल, जनकपुरकै सिकिन्दरकुमार पासवान, कपिलेश्वरका सन्तोष महतो छन्।
रुपैठाका कामेश्वर पण्डित, रामपुरका सुनिल दास, कनकपतिका सूर्यनारायाण यादव, सोही ठाउँका राजाराम पण्डित, रुपैठाका विटु झा, कुर्थाका जितेन्द्र पण्डित, र थेराका महेन्द्र दास थेरा, जनकपुरका जयप्रकाश यादव तथा जनकपुरकै विकास यादव पनि गोली लागि घाइते भएका छन्। उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। नागरिकन्युजमा समाचार छ ।