प्रधानमन्त्रीद्धारा मुलुकमा चाडै शान्ति, सुरक्षाको स्थिति सुदृढ हुने उल्लेख

काठमाडौं  । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा चाडै शान्ति, सुरक्षाको स्थिति सुदृढ हुने बताएका छन् ।
शनिबार आफ्नै निवास बालुवाटारमा उद्योग बाणिज्य महासंघको ज्ञापन पत्र बुझ्दै कोइरालाले सरकारले असन्तुष्ट दलहरुलाई हत्या, हिंसाको राजनीति छाडेर शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको गरे ।
बन्द, हड्ताल र सडकमा गरिने आन्दोलनले निकास दिने नभई मुलुकलाई दुर्घटनातिर लैजाने भन्दै कोइरालाले प्राप्त उपलब्धि संस्थागत गर्न सबै एक जुट हुनुको बिकल्प नभएको बताए ।
उद्योग बाणिज्य महासंघले शान्ति, सुरक्षा र लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको थियो ।
उनीहरुले बन्द र हड्तालले उद्योगहरु तहसनहस भएको ,व्यापारीमाथि आक्रमण भएको भन्दै जति सक्दो चाँडो वार्ताबाटै निकास खोज्न सुझाव दिएका थिए ।  इमेजखबरमा समाचार छ ।