तनहुंको दमौलीमा शुक्रबार भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
व्यास १ भादगाउँ निवासी १८ बर्षिय रोशन दुराको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा शुक्रबार राती मृत्यु भएको हो ।
प्रहरीले हानेको गोली लागेर घाइते भएका केशव न्यौपाने र गोरखा घर भएका किरण गुरुङकोे पोखराको फेवा सिटी अस्पतालमा उपचार भईरहेको छ ।
व्यास १ निर्मलनगरमा दिदी विसरा थापाको घरमा बस्दै आएका पुर्णबहादुर आले गत सोमबार सोही ठाउँ नजिकैको खयरको रुखमा शंकास्पद रुपमा झुण्डिएको मृत अवस्थामा भेटिएपछि उनको हत्या भएको भन्दै दोषी माथि कारबाहीको माग राखेर पिडित पक्ष आन्दोलनमा उत्रेका बेला प्रहरीसँग झडप भएको हो । इमेजखबरमा समाचार छ ।