कर्फ्यु अवज्ञा गर्दै प्रदर्शनकारीद्धारा प्रहरीमाथि गोली प्रहार गरेपछि गौर तनावग्रस्त

गौर – कर्फ्यु अवज्ञा गर्दै प्रदर्शनकारीले प्रहरीमाथि गोली प्रहार गरेपछि गौर तनावग्रस्त बनेको छ। ढुंगामुढासँगै गोली फायरिङ भएपछि प्रहरीले ८ राउन्ड हवाइ फायर गरेको छ।
कर्फ्यु तोडेर प्रहरीमाथि गाेली प्रहार, गौर तनावग्रस्त
Nagariknews
प्रहरी र प्रदर्शनकारीबीच कफ्र्यु लगाइएको क्षेत्र कविर चोक र बडहवा चोकमा झडप भइरहेको छ।
उताबाट फायरिङ भएको छ, प्रहरी निरीक्षक रामप्रका चौधरीले नागरिकन्युजसँग भने, स्थिति नियन्त्रणमा लिन हाम्रोतर्फबाट ८ राउन्ड हवाइ फायर भएको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मुस्लिम गठबन्धले संयुक्तरुपमा विरोध सभा आयोजना गर्ने सूचना पाएपछि स्थानीय प्रशासनले गौरका विभिन्न क्षेत्रहरुमा २ बजेदेखि अनिश्चतकालसम्मका लागि कर्फ्यु लगाएको हो। नयाँ बसपार्कदेखि गौर भन्सार र बरहवा पुलदेखि टिकुलियासम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।
सीमांकनको विरोध र सरकारले यसअघि गरेका सम्झौता कार्यन्वयनको माग गर्दै उनीहरुले विरोध सभा आयोजना गरेका हुन्। मोर्चाले गौर राइस मिलको प्रांगनमा विरोध सभा आयोजना गर्ने बताइएको छ।
सम्भावित धनजनको क्षति हुन नदिन कर्फ्यू लगाउन परेको भुजलले बताए। उनका अनुसार सीमाक्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। नागरिकन्युजमा समाचार छ ।