प्रेसमाथिको प्रतिबन्धात्मक बाक्यांश यथावत कायम

नयाँ संविधानको परिमार्जित विधेयकको धारा १९ पारित भएको छ। यस धारामा श्याम श्रेष्ठ, विश्वेन्द्र पासवान अस्वीकृत भयो। अनुराधा थापामगरको प्रस्ताव छुटेकोमा आपत्ति जनाएपछि सभाध्यक्षले पुन मतदानमा लगे। सदनको बहुमतले अस्वीकृत गर्यो। सचिवालयले प्रतिवेदन तयार पार्दा तलमाथि पारेपछि सदनको बैठकमा केहीबेर अबरोध भएको छ।
मिना पुनले राखेको संशोधन प्रस्ताव प्रतिवेदनको पृष्ठ १९२ मा रहेको भन्दै आपत्ति जनाएपछि सभाध्यक्षले निर्णयार्थ पेश गरी अस्वीकृत गरेको थियो। 
धारा १९ उपधारा १ मा उल्लेखि प्रेसमाथिको प्रतिबन्धात्मक बाक्यांश यथावत कायम रहेको छ।
१९. सञ्चारको हक : 
(१) विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइनेछैन।
तर नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सु