राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा गुन्यूचोली कायम गर्नुपर्छ भन्ने प्रस्तावलाई अस्वीकार

काठमाडौं । नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा गुन्यूचोली कायम गर्नुपर्छ भन्ने प्रस्तावलाई संविधानसभाले अस्वीकार गरेको छ ।
अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दौरा सुरुवाल र गुन्यूचोलीलाई राष्ट्रिय पोशाक कायम गरियोस भनी राखेको संशोधन प्रस्तावलाई संविधानभाको अत्यधिक बहुमतले अस्वीकार गरेको हो ।
उनले संविधानको धारा ९ मा संशोधन हाल्दै उनले दौरा सुरुवाललाई राष्ट्रिय पोशाक कायम गरियोस् भन्ने माग गरेका थिए ।
प्रस्तावित संविधानमा राष्ट्रिय पोशाकबारे केही पनि उल्लेख गरिएको छैन । अन्लाईनखबरमा समाचार छ ।