राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो हिन्दु राष्ट्रको माग अजेन्डा हार भएको स्वीकारे

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो अजेन्डाको हार भएको स्वीकारेका छन्। थापाले आज दिउँसो ट्विट गर्दै भने : संविधानमा हिन्दुराष्ट्र कायम गर्न हामी असफल भयौं। हामी एक्लो भयौं। अखण्ड पार्टीबाहेक कसैले साथ दिएनन्।  
हिन्दु राष्ट्रको माग गर्दै समानुपातिक निर्वाचनबाट एकाएक चौथो ठूलो दल बन्न पुगेको राप्रपा नेपालले गत साता संविधानसभा बहिस्कार गर्ने निर्णय गरेको थियो। तर प्रमुख तीन दलले पत्र लेखेरै भाउ दिएपछि संविधानसभा फर्किएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र कायम गर्न नसकेकोमा दु:खी भएको अभिव्यक्तिसँगै एक अर्को ट्विट पनि गरेका छन् जसमा प्रमुख तीन दलविरुद्ध अभिव्यक्ति दिएका छन्। 

आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरु!
संबिधानमा हिन्दुराष्ट्र कायमगर्न हामी असफल भयौ,हामी एक्लोभयौ।अखण्ड पार्टी बाहेक कसैले साथ दिएनन्।दुखि छौ

साथै विदेशी दवावमा हिन्दु राष्ट्रको पहिचान समाप्त पार्न काम गरेको आरोप लगाएका छन्।
  • करौडौं नेपालीहरुको चाहना विपरित बिदेशीको दवावमा गणितिय आधारमा फेरिपनि हिन्दुराष्ट्रको पहिचान समाप्तपार्ने काममा कांग्रेस,एमाले,एमाओवादी एकभए

  • संबिधानमा हिन्दुराष्ट्रको पहिचान समाप्तगरि धर्मनिरपेक्ष कायमगर्ने संबिधानसभाको निर्णय दुर्भाग्यपूर्ण। नेपाली जनताको भावनामाथि कुठाराघात भयो।

  • pahilopost