पूर्व भारतीय राजदुत जयन्तप्रसादद्धारा नेपालमा मधेसी र जनजातिका माग सम्बोधन नभए दुष्परिणाम निम्तिने चेतावनी

 काठमाडौं  । पूर्व भारतीय राजदुत जयन्तप्रसादले नेपालमा संविधान जारी गर्ने तयारी भइरहँदा मधेसी र जनजातिका माग सम्बोधन नभए दुष्परिणाम निम्तिने चेतावनी दिएका छन् । उनले भारतीय अखबार दि हिन्दूमा लेख प्रकाशित गर्दै नेपालको संविधान निर्माण प्रक्रिया र राजनीतिक इतिहासका विविध पक्षबारे आफ्नो धारणा राखेका छन् । दिल्ली पोलिसी ग्रुपका सल्लाहकारको भूमिका निर्वाह गरिरहेका उनले मधेस आन्दोलनबाट नेपालले ठूलो मूल्य चुकाउन सक्ने टिप्पणी गरेका छन् ।
लामो समयदेखिको संक्रमण अन्त्य गर्ने दिशामा नयाँ संविधान एउटा उपलब्धि बन्नुपर्नेमा त्यस्तो संकेत नदेखिएको उनले जनाएका छन् । मधेस र जनजाति आन्दोलनमार्फत नेपालमा एउटा विद्रोह देखा परिरहेको उनको भनाई छ । ‘संघीयता: नेपालको अन्तिम सीमा’ शीर्षकको लेखमा उनले नेपालका उत्पीडित, पिछडिएका समुदायलाई उपेक्षा गरेर संविधान निर्माण गर्न लागिएको धारणा प्रकट गरेका छन् ।
संविधानसभामा कांग्रेस र एमालेले हासिल गरेको मत सम्मानजनक बहुमत भए पनि त्यो मत विगतमा एमाओवादी र मधेसवादी दलले आफ्ना प्रतिबद्धता पुरा नगरेका कारण कांग्रेस-एमालेले पाएको उनको तर्क छ । उनले भनेका छन्,