आगामी असोज तीन गते संविधानसभाले नयाँ संविधान घोषणा गर्ने प्रस्ताव सर्वसम्मतले पास गरेको छ।
सोमबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको संविधानसभाको तेस्रो बैठकबाट संविधान घोषणा गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।
नेपाली कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले प्रस्ताव गरेको विषयको समर्थकमा एमालेका अग्नी खरेल र एमाओवादीका गिरिराजमणि पोखरेल छन्।
यसअघि हिजै असोज तीन गते ५ बजे संविधान जारी गर्ने निर्णय भएको थियो। सेतोपाटीमा समाचार छ ।