प्रधानमन्त्री र मन्त्री हुन न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण हुनु नपर्ने

धारा ७८ मा प्रधानमन्त्री र मन्त्री हुन न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण गरेको हुनु पर्ने संशोधन प्रस्ताव फिर्ता भएको छ। 

अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दर्ता गराएको संशोधन प्रस्ताव आजको बैठकको शुरुमा आफ्ना बाँकि संशोधन प्रस्ताव अभिलेखमा रहने गरी फिर्ता लिएपछि प्रधानमन्त्री र मन्त्रीको योग्यताको प्रस्ताव मस्यौदाबाट हटेको हो। सेतोपाटीमा समाचार छ ।