काठमाडौं । जारी संविधानसभाको बैठकमा संविधानको धारा ६१ पारितगर्ने क्रममा एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराई सहितका सभासदहरु नराम्रोसंग झुक्किए । यो धारामा राष्ट्रपति सम्बन्धी व्यवस्था रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजसंस्था रहनुपर्ने व्यवस्था सहित संशोधनको प्रस्ताव राखेको थियो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था राख्नु पर्ने व्यवस्था सहित संशोधनको प्रस्ताव राख्दा एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराई सहितका सभासदले राजसंस्थाका पक्षमा हात उठाएर हुन्छ ! भनेपछि एकछिन बैठक कक्षमा हाँसो गुञ्जयमान भएको थियो भने सभामुख अलमालमा परेका थिए ।
तर उनीहरुले तुरुन्तै आफुहरुलाई सच्चाउदै हुदैन भन्दै हात उठाए पछि थापाको प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो । नेता डा.बाबुराम भट्टराई सहितका सभासद झुक्किएका कारण राजसंस्थाका पक्षमा हात उठाएका थिए । इमेजखबरमा समाचार छ ।