सरकारले संविधानसभाबाट नयाँ संविधान जारी हुने ऐतिहासिक अवसरलाई भव्य राष्ट्रिय उत्सवका रूपमा मनाउन दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
संविधानसभाबाट पारित नेपालको संविधान- २०७२ संविधानसभा सचिवालय परिसरमा असोज ३ मा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामवरण यादवले जारी गर्नेछन् ।
नयाँ संविधान जारी भएको खुसियालीमा देशभर दीपावलीसहित उत्सव मनाउन असोज ३ र ४ गते सार्वजनिक बिदा दिन लागिएको जानकारी गृह मन्त्रालयका एक अधिकारीले दिए ।
स्रोतका अनुसार संविधान सचिवालयले गृह मन्त्रालयलाई संविधान जारी हुने दिन र भोलिपल्ट गरी दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ ।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले असोज ३ र ४ मा सार्वजनिक बिदा दिने निर्णय गर्ने स्रोतले उल्लेख गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।