मधेसी मोर्चाद्धारा सरकारसँग वार्ताको ढोका खुला राखेर आन्दोलनलाई निरन्तरता दिने निर्णय

सीमांकनको विरोधमा आन्दोलन गरिरहेको मधेसी मोर्चाले सरकारसँग वार्ताको ढोका खुला राखेर आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। 
राजधानीमा बिहिबार बसेको मोर्चाको बैठकले संविधान जारी हुने दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने  र ४ गते विरोध कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। 
 
सरकारसँगको वार्ताका लागि मोर्चाले मधेसमा भइरहेको आन्दोलनमा सरकारले गरिरहेको दमन अन्त्य गर्नुपर्ने र सरकारले औपचारिक आह्वान गर्नुपर्ने पूर्वसर्त राखेको छ।   सेतोपाटीमा समाचार छ ।