भारतीय विदेश सचिव एस जयशंकर शुक्रबार नेपाल आएलगत्तै नेकमा एमालेका अध्यक्ष केपी ओलीसँग भेटबार्ता गरेका छन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आएका जयशंकरले राजनीतिक भेटवार्ता सुरु गरेका छन ।
ओली निवास बाल्कोटमा पुगेका जयशंकरले नेपालको संविधान निर्माण प्रक्रियालगायतका विषयमा छलफल गरे । भारतीय विदेशसचिव जयशंकरले अपराह्न ३ बजे राष्ट्रपति डाक्टर रामवरण यादवसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसपछि साँझ प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ताको समय तय गरिएको छ । त्यसैगरी उनले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नेछन ।
भारतीय विदेशसचिव जयशंकरले संविधान निर्माणमा असन्तुष्ट मधेसी दल तथा थारु सभासदहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
भारतीय प्रधानमन्त्रीका विशेष दूतको नेपाल आगमनलाई विशेष रुपमा हेरिएको छ । भारतीय विदेश सचिव शनिबार नै स्वदेश फर्किने कार्यक्रम छ । इमेजखबरमा समाचार छ ।