व्यवस्थापिका संसदको बजेट अधिवेशन अन्त्य, नयाँ सरकार गठन केही ढिला हुने, संविधानसभा रुपान्तरित संसदमा परिणत हुने

काठमाडौं । व्यवस्थापिका संसदको बजेट अधिवेशन अन्त्य भएको छ । यससँगै नयाँ सरकार गठन केही ढिला हुने भएको छ ।
प्रधानमन्त्री सुशीलको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले शनिबार राति ९ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्वन्धी पत्र सभामुख सुवास नेम्वाङले संसदको शनिबारको बैठकमा पढेर सुनाएका छन् ।
भोलि आइतबार साँझ ५ बजे नयाँ संविधान जारी गर्ने कार्यक्रम छ । त्यससँगै संविधानसभा रुपान्तरित संसदमा परिणत हुनेछ ।
अधिवेशन अन्त्य नभएको भए नयाँ संविधान जारी भएको ७ दिन अर्थात असोज १० गतेभित्र नयाँ सरकार गठन गरिसक्नु पर्ने हुन्थ्यो ।
तर, अब नयाँ अधिवेशन आहृवान भएको सात दिनभित्र प्रधानमन्त्री, २० दिनभित्र सभामुख र उपसभामुख र ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नु पर्नेछ । अन्लाईनखबरमा समाचार छ ।