संविधानसभामा राष्ट्रपतिले गर्ने सम्वोधनको व्यहोरालाई मन्त्रिपरिषद बैठकद्धारा पारित

काठमाडौं । संविधानसभामा राष्ट्रपति डा. रामवरण यादवले गर्ने सम्वोधनको व्यहोरालाई मन्त्रिपरिषद बैठकले पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको बैठकले राष्ट्रपतिले गर्ने सम्वोधनको व्यहोरालाई अन्तिम रुप दिँदै पारित गरेको हो ।
संविधानसभा नियमावली २०७० को अनुसूची ७ मा राष्ट्रपतिले हस्ताक्षर गरेपछि संविधान घोषणा हुने उल्लेख छ । तर, राष्ट्रपति डा. यादवको आग्रहमा सरकारले सम्वोधन गर्ने विशेष निर्णय गरेको हो ।
आइतबार संविधानसभाबाट नेपालको संविधान २०७२ औपचारिक रुपमा सार्बजनिक गरिँदै छ । सो अवसरलाई राष्ट्रपतिले सम्वोधन गरी नयाँ संविधान सार्बजनिक गर्नेछन् ।
उक्त ऐतिहासिक अवसरमा पूर्वसभासदहरु, कुटनीतिक नियोगका प्रतिनिधि लगायतलाई पनि बोलाइएको छ ।
नयाँ संविधान घोषणा भएसँगै अन्तरिम संविधान २०६३ स्वतः खारेज हुनेछ । अन्लाईनखबरमा समाचार छ ।