नयाँ संविधानको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँंदा गोली लागेर एक जनाको मृत्यु

नयाँ संविधानले आफूहरुका माग सम्बोधन नगरेको भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँंदा वीरगञ्जको माईस्थानमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको पकहामैनपुरका शत्रुघन पटेल छन् । झडपमा १३ जना घाइते भएका छन् ।
घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पर्साको वीरगञ्जमा मधेसी मोर्चाका कार्यकर्ताले कर्फ्यु तोड्ने प्रयास गर्दा प्रहरीसँग झडप भएको हो । प्रदर्शनकारीहरुले कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् । इमेजखबरमा समाचार छ ।