काठमाडौं – ३ असोज – राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान -२०७२ जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् ।
राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान -२०७२ आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरे ।
राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।
संविधानसभामा आयोजित भव्य समारोहमा नेपालका प्रथम राष्ट्रपतिले संविधान जारी गरेका हुन् ।
संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै देशबासीलाई सुभकामना र बधाइ ज्ञापन गरेका छन् ।
राष्ट्रपतिबाट जारी गरिएको संविधान आजैका मितिबाट लागू हुनेछ । संविधान जारी भएको सात दिनभित्रमा अब नयाँ सरकार गठन गर्नुपर्ने छ भने एक महिनाभित्रमा राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ ।