नेपालको संविधान – २०७२ लागू भएको खुशियालीमा महोत्तरीको बर्दिबासमा २०७२ वटा मैनबत्ती प्रज्वलन

नेपालको संविधान – २०७२ लागू भएको खुशियालीमा महोत्तरीको बर्दिबासमा २०७२ वटा मैनबत्ती प्रज्वलन गरिएको छ । 
 
नयाँ संविधानको स्वागत गर्न सामूहिक रुपमा मैनबत्ती प्रज्वलन गरिएको नेपाली काँग्रेसका बर्दिवास नगर कमिटीका उपसभापति बैकुण्ठप्रसाद कोइरालाले जानकारी दिए।
 
सो कार्यक्रममा नागरिक समाज, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, व्यवसायी, विभिन्न दलका राजनीतिकर्मीको उपस्थिति थियो । रासस