संविधानमा आफ्ना एजेन्डा समावेश नभएको भन्दै आन्दोलनमा उत्रिएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार विराटनगरका विभिन्न स्थानमा झडप भएको छ ।
संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच विराटनगरको महाविरचोक, शनिमन्दिर र महेन्द्र चोकमा झडप भएको हो ।
प्रदर्शनकारीले प्रहरीको गाडीलाई लक्षित गरी गुलेली र ढुंगा प्रहार गरेपछि प्रहरीले भिड नियन्त्रणमा लिन केही सेल अश्रु ग्याँस, रबर बुलेट र हवाई फायर गरेको मोरङका प्रहरी प्रवक्ता प्रमोद खरेलले जानकारी दिए ।
प्रहरी र प्रदर्शनकारबीच भएको झडपमा एक प्रहरी र तीन जना प्रदर्शनकारी घाइते भएका छन् । संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले भने प्रहरीसँगको झडपमा मोर्चाका एक दर्जन कार्यकर्ता घाइते भएको बताए । इमेजखबरमा समाचार छ ।