संविधान घोषणा भएको खुशीयालीमा प्रमुख तीन दलको काठमाडौंमा विशाल आमसभा

संविधान घोषणा भएको खुशीयालीमा प्रमुख तीन दलले सोमबार राजधानी काठमाडौंमा विशाल आमसभा आयोजना गरिएको छ । संविधान जारी भएको अवसरलाई राष्ट्रिय उत्सवका रुमपा मनाउने क्रममा संयुक्त आमसभा आयोजना गरिएको हो ।
आमसभा अघि तीन दल कांग्रेस, एमाले र एमाओवादीले छुट्टाछुट्टै स्थानबाट र्‍याली निकाइएको छ ।
  टुँडिखेलमा आयोजना हुने आमसभालाई तीन दलकै शीर्ष नेताले सम्बोधन गरेका छन् । 
तीन दलले देशका विभिन्न भागमा पनि संयुक्त सभा र र्‍याली आयोजना गरेका छन् । इमेजखबरमा समाचार छ ।