एमाओवादी प्रचण्डद्धारा अब जनताको युग सुरू भएको र भारतको यस म्यान होइन मित्र बन्न चाहेको उल्लेख
आश्विन ४ गते, २०७२ मा प्रकाशित
नयाँ संविधान जारी भएको खुसियालीमा आयोजना गरिएको विशेष स्वागत समारोहलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले अब जनताको युग सुरू भएको बताएका छन्।
राजधानीको सैनिक मञ्च टुँडिखेलमा भइरहेको सभामा बोल्दै प्रचण्डले भने, अहिले संविधानसभाबाट संविधान घोषणा गर्नका लागि प्रमुख राजनीतिक शक्तिहरूबीच एकता गर्दै यो सफलताला पायौं। आगामी दिनमा पनि हाम्रो एकता कायमै रहनेछ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई सबैले अपनत्व लिएर विश्वममै नमुना संविधान बनेकोमा सबैलाई बधाई दिन चाहेको प्रचण्डले बताए।
सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल भारतको असल मित्र हुन चाहेको बताए। अरु अन्तराष्ट्रिय मुलुकहरुसँगै छिमेकी मुलुकहरु भारत र चीनले संविधान जारी गरेको अवसरमा नेपालको उपलब्धीको सम्मान गर्ने अपेक्षा गरको बताए।
उनले भने, हाम्रो स्वतन्त्रतालाई सम्मान गर्नेहरुले मात्रै आफ्नो स्वतन्त्रता रक्षा गर्ने सक्छन् । भारत र चीनले विशेष रुपमा यो उपलब्धिलाई सम्मान गर्ने छन् भन्ने मेरो अपेक्षा छ। भारतको असल मित्रको रुपमा नेपालले जायज चिन्ता र चासो सम्बोधन गर्ने भन्दै भारतले पनि नेपालका चासो सम्बोधन गर्नुपर्ने बताए।
उनले भने, हामी भारतको यस म्यान होइन मित्र बन्न चाहन्छौं।
सभामा सम्बोधन गर्दै उनले संविधान जोगाउने र कार्यान्वयन गर्ने चुनौतिपूर्ण दायित्व अब दलहरु र नेपाली जनताको सामुन्ने रहेको बताए। थारु समुदाय र मधेशका केही समुदायमा असन्तुष्टी रहेको भन्दै उनले वार्तामा आउन आव्हान गरे। उत्पीडित समुदायको अधिकारका लागि आफूले नै पहिल आवाज उठाएको भन्दै सबैको जायज मागका लागि आफूले सहयोग गर्ने बताए।
उनले भने, हामीले नै उत्पीडित मजदुर किसानलाई आवाज दियौँ। उत्पिडित जाति जनजातिलाई आन्दोलित बनायौं, अधिकारका लागि सचेत बनायौं। अझै जायज मागका पक्षमा म उभिन्छु।
उनले मधेशका धेरै मागहरु नयाँ संविधानमा समेटिएको बताए। सप्तरीदेखि पर्सासम्मको प्रदेश मधेशलाई प्राप्त भएको र त्यसले मधेशलाई पहिचान दिएको उनले बताए ।
मधेशी समुदायले उठाएको पहिचान, समावेशी र नागरिकताको माग सम्बोधन भएको भन्दै सिमाङ्कन पनि वार्ताबाट मिलाउन सकिने उनले बताए।अब वार्ताबाट मात्रै समस्या समाधान हुने भन्दै थारु र मधेशी समुदायका मुद्धामा आन्दोलनरत दल र समूहलाई वार्तामा आउन उनले आग्रह गरे।
समारोहमा सहभागी हुन प्रमुख तीन राजनीतिक दलले विभिन्न स्थानबाट झाँकीसहितको र्याली सुरु गरेका थिए। नयाँ संविधानको स्वागतका लागि नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ। सेतोपाटीमा समाचार छ ।