नयाँ संविधान – २०७२ घोषणा भएको अवसरमा आज पनि देशभरि खुसियाली मनाइँदै गरेका समाचार प्राप्त भएका छन्।
जिरी (दोलखा): दोलखाको दोस्रो ठूलो बजार जिरीमा नेपालको संविधान, २०७२ जारी भएको खुसियालीमा र्याली निकालिएको छ। र्यालीमा राजनीतिक दल, विभिन्न सामाजिक सङ्घसंस्था, विद्यार्थी, सर्वसाधारणको सहभागिता रहेको थियो। उक्त अवसरमा विविध प्रकारका स्थानीय झाँकीसमेत प्रदर्शन गरिएका थिए।
दाङ: नेपालको संविधान, २०७२ जारी भएकामा खुसी व्यक्त गर्दै दाङमा स्वागतार्थ झाँकी निकालिएको छ । जिल्लाको घोराही, तुलसीपुर, लमही, नारायणपुर, भालुवाङ, गढवा, हापुरे, बिजौरी, रामपुर, हर्नक, मानपुर, सिसनियालगायतका ठाउँमा नयाँ संविधान जारी गरिएकामा उत्सव