काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट दलहरुलाई वार्तामा आउन पुनः आह्वान गरेका छन् ।
नयाँ संविधान जारी भएको खुशीयालीमा नेपाल विद्यार्थी संघले मंगलबार राजधानीमा गरेको चियापानमा सहभागी हुँदै प्रधानमन्त्री कोइरालाले वार्ता, सहमति र सहकार्यबाटै मुलुकले निकास पाउने भएकाले असन्तुष्ट पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन ।
उनले असन्तुष्ट पक्षका माग संविधान संशोधनबाट पूरा गर्न सकिने स्पष्ट पारे । हत्या, हिंसा र अराजकताले कसैलाई फाइदा नपुग्ने भन्दै उनले शान्ति र सहकार्यको बाटो हिँड्न आह्वान गरे । उनले चाँडै शान्ति कायम हुने र मुुलुक विकासको गतिमा अगाडि बढ्ने विश्वास पनि व्यक्त गरे ।
यसैबीच नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पनि संविधान जारी भएको खुशीयालीमा चियापानको आयोजना गर्यो ।
शान्तिबाटीका गरिएको चियापानमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेता तथा कार्यकर्ता सहभागी थिए । इमेजखबरमा समाचार छ ।