भारतद्धारा नयाँ संविधानमा आफ्ना चित्त नबुझेका विषयलाई सूचीकृत गर्दै नेपालका प्रमुख दलहरुलाई सुधारका लागि दबाब

नयाँ संविधानमा भारतले आफ्ना चित्त नबुझेका विषयलाई सूचीकृत गर्दै नेपालका प्रमुख राजनीतिक दलहरुलाई सुधारका लागि दबाब दिन थालेको छ ।
भारतीय राजदूत रन्जीत रेले भारत सरकारलाई नेपालको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेपछि भारतका तर्फबाट आफ्ना असन्तुष्टिका बुँदाहरु उल्लेख गरी राजदूत रेमार्फत नै संशोधनको प्रयास थालेको हो । सोही क्रममा भारतीय राजदूत रे प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्तामा सक्रिय रहेको स्रोत बताउँछ ।
भारतीय दैनिक पत्रिका दि इन्डियन एक्सप्रेस ले नेपालको संविधानबारे भारतको असन्तुष्टि रहेका सात बुँदालाई बुधबारको अंकमा उजागर गरेको छ । सो अखबारको पहिलो पृष्ठ मै मूख्य समाचारका रुपमा सात बुँदे असन्तुष्टि  उजागर भएको हो ।
भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै उक्त समाचारपत्रले नेपालको संविधानमा गरिनुपर्ने सात बुँदे संशोधन प्रस्ताव राजदूत रेमार्फत नेपाल सरकार र प्रमुख राजनीतिक दलसमक्ष पेश गरिएको पनि जनाएको छ । उक्त प्रस्ताव नेपालका असन्तुष्ट मधेसवादी दलहरुको सहमतिमा तयार पारिएको पनि समाचारमा जनाइएको छ ।
यस्ता छन्, संशोधन गर्नुपर्ने बुँदाहरु
१. अन्तरिम संविधानको धारा ६३ (३) अन्तर्गत मधेसीलाई उनीहरुको जनसंख्याको हिसाबले ५० प्रतिशत सहभागिता दिने प्रस्ताव गरिएको थियो । सो प्रावधान अनुसार देशको जनसंख्याको ५० प्रतिशतभन्दा बढी हिस्सा भएका मधेसीहरुले संसदको ५० प्रतिशत सिट हासिल गर्न सक्दथे तर नयाँ संविधानमा यो प्रावधान हटाइएको छ । मधेसीहरुलाई उनीहरुको जनसंख्याको आधारमा प्रतिनिधित्व गराइनु पर्दछ ।
२. अन्तरिम संविधानको धारा २१ मा मधेसीहरुलाई यथोचित प्रतिनिधित्व गराउने प्रतिबद्धता थियो तर नयाँ संविधानको धारा ४२ मा