भारत सरकारद्धारा नेपालको संविधान संशोधन गर्न कुनै बुँदा पेश नगरेको स्पष्ट

भारत सरकारले नेपालको संविधान संशोधन गर्न कुनै बुँदा पेश नगरेको स्पष्ट पारेको छ ।
भारतबाट प्रकाशित हुने दैनिक पत्रिका इन्डियन एक्सप्रेसको बुधबारको अंकमा भारतले नेपालको संविधानमा संशोधन गर्नका लागि राखेका सात बुँदा भन्दै मुख्य समाचार बनाएपछि भारतीय विदेश मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा- भारत हिंसामुक्त वातावरणमा संवादमार्फत् नेपालमा संविधानबारे उठेका समस्याको समाधान भएको हेर्न चाहन्छ- भनिएको छ । इमेजखबरमा समाचार छ ।