भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कञ्चनपुरमा विरुद्ध प्रदर्शन, मोदीको पुत्ला दहन

छिमेकी मुलुक भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कञ्चनपुरमा क्रियाशील विभिन्न ६ विद्यार्थी संगठनले बिरोध जनाएका छन् ।
नेपाली जनप्रतिनिधिले बनाएको संविधानको स्वागत गर्नुको साटो भारतले हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेस निकट नेवि संघ, एमाले निकट अनेरास्ववियु, माओवादी निकट तीन वटै क्रान्तिकारी विद्यार्थी संगठन र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका विद्यार्थी संगठनले बिहीबार महेन्द्रनगरमा भारतीय हस्तक्षेप बिरुद्ध नारावाजी सहित प्रदर्शन गरेका हुन् ।
यसैबीच विद्यार्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनसमेत गरेका छन् । इमेजखबरमा समाचार छ ।