दंगाग्रस्त क्षेत्रमा जुलुस प्रर्दशन गरेको आरोपमा मधेसी मोर्चा र एमाओवादीका ९ जना नेता-कार्यकर्तालाई पक्राउ

 रौतहटको गौरबाट प्रहरीले विहीबार ९ जना संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एमाओवादीका नेता, कार्यकर्तालाई पक्राउ गरेको छ ।
गत भदौ ७ गतेदेखि रौतहटमा लगाइएको दंगाग्रस्त क्षेत्रमा जुलुस प्रर्दशन गरेको आरोपमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य किशोरी यादव, धर्मेन्द्र पटेल, सरफलाल यादव, पासपत राय, ललन यादव, प्रकाश यादव, तपलोपाका ललितचन्द्र मल्लिक, एमाओवादीका राजेश साहलाई प्रहरीले पक्राउ गरेको छ  ।
उनीहरुलाई नेपालको गौर र भारतको बैरगनिया सीमाक्षेत्रमा रहेर आन्दोलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ । इमेजखबरमा समाचार छ ।