नवलपरासीमा निषेधाज्ञाको समय फेरि एक साता थप

स्थानीय प्रशासनले नवलपरासीको सदरमुकाम परासी र राजमार्ग क्षेत्रमा लगाइएको निषेधाज्ञाको समय एक साताका लागि बढाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाका अनुसार विगत एक महिनाअघिदेखि लगाउँदै आएको निषेधाज्ञाको समयलाई विहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज १४ गतेसम्मका लागि बढाएको हो ।
तराई क्षेत्रमा भइरहेको आन्दोलनलाई अझ कडा बनाउने मोर्चाको निर्णयसँगै सम्भाव्य घटना हुन नदिन प्रशासनले निषेधाज्ञाको समयलाई जारी राखेको हो ।
परासी सदरमुकामको रामग्राम नगरपालिकासहित पूर्वपश्चिम राजमार्गअन्तर्गत् सुनवल चोकदेखि बर्दघाटको टिसिएन चोकसम्मको १२ किमी क्षेत्रमा स्थानीय प्रशासनले भदौ ७ गतेदेखि निरन्तर निषेधाज्ञा जारी गर्दै आएको छ ।   इमेजखबरमा समाचार छ ।