नेपालतर्फ आउने सामान रोकिएको कुरा भारतले औपचारिक रुपमै स्वीकार गरेको छ ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी आपूर्ति रोकिनुमा नेपालकै आन्दोलन र अस्थिरताको परिणाम भएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको नोटमा भनिएको छ-हामीले पहिले नै भनेका थियौं कि हाम्रा सामान निर्यातकर्ता र ढुवानीकर्ताहरुले नेपालमा चलिरहेको आन्दोलनका कारण आवतजावतमा समस्या भोग्नु परेको बताएका थिए र हामीले २१ सेप्टेम्बरमै यसबारे आधिकारी जानकारी दिएका थियौं ।
भारतले समस्याको जड पत्ता लगाएर प्रभावकारी र विश्वसनीय ढंगले यसको समाधान गर्न सुझाव दिएको छ । अहिले भइरहेको समस्या राजनीतिक तहबाट समाधान खोज्न भारतले आग्रह गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा देखिएको समस्या चाँडै समाधान हुने अपेक्षामा भारत रहेकोसमेत जनाएका छन् ।
नेपालको संविधान निर्माणमा असन्तोष प्रकट गरिरहेको भारतले नेपाली नागरिकलाई सीमा क्षेत्रमा दुःख दिएर बदला लिन थालेको छ। साइकल, रिक्सा र बाइकमा सधैं निर्धक्क आवतजावत गरिरहेका नेपाली नागरिकले अचेल भारतीय भूमिमा लामो सुरक्षा जाँचको प्रक्रिया पूरा गर्नुपर्छ।
भारतीय अधिकारीले नेपालविरुद्ध नाकाबन्दी नगरेको बताइरहे पनि सीमा क्षेत्रमा नाकाबन्दी शैलीकै व्यवहार देखिएको छ।
जोगवनी, रक्सौल र सुनौली नाकाको हकमा आसन्न बिहार विधानसभा चुनावको लागि सुरक्षा व्यवस्था कडा पारेको भनाइलाई तर्कसंगत मान्न सकिए पनि पश्चिम बंगाल राज्यसँग जोडिएको नाकामा देखाएको रवैयाले भारतले भूपरिवेष्ठित नेपाललाई असहज अवस्थामा पुर्यााउन अघोषित रुपले नाकाबन्दी गरेको पुष्टि गर्छ। इमेजखबर र नागरिकन्युजमा सामचार छ ।