पूर्वी तराईमा भइरहेको निरन्तरको बन्दका कारण आयात ठप्प भएपछि तेह्रथुममा खाने नुनको अभाव

पूर्वी तराईमा भइरहेको निरन्तरको बन्दका कारण आयात ठप्प भएपछि तेह्रथुममा एकसाता यता खाने नुनको अभाव भएको छ ।
सदरमुकाम म्याङलुङसहित जिरी खिम्ती, बसन्तपुरलगायतका बजारमा नुनको अभाव भएको हो ।
पूर्वमा लिम्बुवान स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनरत लिम्बुवान संयुक्त संघर्ष समितिको पटक-पटकको बन्द र तराई बन्दका कारण आयात ठप्प बनेपछि बजारमा नुनलगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको हो । 
पछिल्लो समय छिमेकी मुलुक भारतले नाकाबन्दी लगाउने हल्ला चलेपछि व्यापारीहरुले नै अतिआवश्यक बस्तु लुकाएको आशंका उपभोक्ताको छ । इमेजखबरमा समाचार छ ।