इन्धन अभावका कारण सरकारले सवारीसाधनमा जोर/बिजोर नम्बर आइतबारबाट लागु गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तीमा भनेका छ, २०७२ असोज १० गतेदेखि लागु हुने गरि अत्यावश्यक सेवा सञ्चालनमा संलग्न, सुरक्षा निकायले प्रयोग गर्ने तथा यस कार्यको अनुगमनमा संलग्न सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनहरु जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका सञ्चालन गर्न अनुरोध गरिएको छ ।
हाल मुलुकमा मौज्दात रहेको पेट्रोलियम पदार्थको अत्युत्तम उपयोग गरि व्यवस्थापन गर्न आवश्यक भएकाले जोर/बिजोर प्रणाली लागु गरेको गृहले जनाएको छ । गृहले विगत केही समयदेखि भारतीय सीमामा रहेका भन्सार नाकाहरु अवरुद्ध भई भारतीय आयल निगमबाट समेत पेट्रोलियम पदार्थ उपलब्ध नभएकाले आपूर्तिमा असहज स्थिति उत्पन्न भएको जनाएको छ ।
पेट्रोलियन पदार्थको आयात तथा ढुवानीमा भएको असहज परिस्थितिलाई मध्यनगर राख्दै गरिएको यो व्यवस्थाबाट सर्वसाधरणमा पर्न जाने असर प्रति संवेदनशिल हुँदै आपूर्ति सहज गराउन सरकार प्रयन्नशील रहेको र आपूर्तिमा सुधार नभएसम्मको लागि धैर्य गरि पेट्र्र्रोलियम पदार्थको उपभागमा मितव्ययिता अपनाउन र अनावश्यक रुपमा संचय नगरिदिन हुन सबैमा अनुरोध गरिएको छ, विज्ञप्तीमा भनिएको छ ।
विद्ययमान असहज परिस्थितीमा पेट्रोलियम पदार्थको कालोबजारी तथा कृत्रिम अभाव सृजना नगर्न नगराउन सम्पूर्ण पेट्रोपम्प तथा सरोकारवालाहरुलाई जानकारी गराउँदै कृत्रिम अभाव तथा कालोबजारी भए गरेको पाइएमा कानुन बमोजिम कडा कारवाही हुने पनि गृह मन्त्रालयले जनाएको छ । ईकातिपुरमा समाचार छ ।