एकीकृत माओवादीको बैठकद्धारा बाबुराम भट्टराईले पार्टी परित्याग गर्नु ठीक निर्णय नभएको भन्दै निर्णयमा पुनर्विचार गर्न आग्रह

एकीकृत माओवादीको स्थायी कमिटी बैठकले पार्टी नेता बाबुराम भट्टराईले पार्टी परित्याग गर्नु ठीक निर्णय नभएको भन्दै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकले संविधान जारी भई लागू नै हुन नपाएको अवस्थामा नेता भट्टराईले पार्टी परित्याग गर्नु उचित कदम नभएको निष्कर्ष निकालिएको हो ।
यसैगरी बैठकले भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्नु ठीक ब्यवहार नभएको निष्कर्ष निकालेको छ । असल छिमेकीको हैसियतले नेपालप्रति असल व्यवहार गर्न एमाओवादीले आग्रह गरेको हो ।
नेपालको आधिकारिक स्तरमा गरिने कुनै पनि निर्णयलाई छिमेकी राष्ट्रले स्वागत गर्नुपर्नेमा वैठकले जोड दिएको छ । तराईका आन्दोलन पक्षसँग प्रमुख तीन पार्टीको पहलमा वार्ता गरि सहमति खोज्ने निर्णय पनि गरेको छ । इमेजखबरमा समाचार छ ।