राजधानीका विभिन्न ११ वटा पम्पबाट डिजेल र पेट्रोल वितरण,एक लाख ८ हजार लिटर पेट्रोल वितरण गरिने (कहाँ-कहाँ पाइन्छ सूचीसहित)

नेपाल आयल निगमले सोमबार राजधानी काठमाडौंका विभिन्न ११ वटा पम्पबाट पेट्रोल वितरण गर्ने भएको छ ।निगमको थानकोट डिपोमा भएको स्टकबाट डिजेल र पेट्रोल सम्बन्धित पम्पहरुमा पठाएर वितरण गर्न थालिएको हो ।
सोमबार राजधानीमा एक लाख ८ हजार लिटर पेट्रोल वितरण गरिने निगमले जनाएको छ । जसअनुसार सशस्त्र प्रहरी बलद्वारा संचालित हलचोक फ्युल सेन्टर, साझा भण्डार स्वयम्भू, नेशनल ट्रेडिङ्ग लि. टेकु, रिपुमर्दिनी पेट्रोल पम्प भद्रकाली, प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्शाल, साझा सेवा बल्खु, साझा सेवा पुल्चोक, इन्द्रायणी आयल स्टोर सानेपा, शक्तिदेवी पेट्रोल स्टेशन लगनखेल, मध्यपुर आयल सप्लायर्स टिमी र गुह्येश्वरी फ्युल सेन्टर ठिमीलाई पेट्रोल वितरणको जिम्मा दिइएको छ ।
निजी सवारी साधनतर्फ मोटरसाइकललाई प्रतिहप्ता तीन लिटर तथा चारपाङ्ग्रे सवारी साधनलाई १० लिटर पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ । निगमका अनुसार सार्वजनिकतर्फ ट्याक्सीलाई १० लिटर, माइक्रोबसका लागि १५ लिटर, मिनीबस र स्कुलबसका लागि २० लिटर र ठूला बसका लागि प्रतिहप्ता ३० लिटर इन्धन कोटा तोकिएको छ । इमेजखबरमा समाचार छ ।