भैरहवा नाकाबन्दीविरुद्ध प्रतिकार, स्थानीय बासिन्दाले मधेसी मोर्चाका प्रदर्शनकारीलाई लखेटे

रुपन्देहीको बेलहियास्थित नाकामा प्रदर्शन गर्दै धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीयले सोमबार लखेटेका छन् ।
भैरहवाका स्थानीय बासिन्दाले नाकाबन्दीविरुद्ध प्रतिकार समूह गठन गरी मोर्चाका प्रदर्शनकारीलाई लखेटेका हुन् ।
नेपालबाट लखेटिएर भारत छिरेका उनीहरुलाई भारतीय प्रहरीले पनि हटाएपछि बेलहिया नाकाको अवरोध केही खुकुलो भएको छ ।
नाका खुकुलो भएपछि लाइनमा रहेका र भारतीय पक्षले जाँचपास गरेका मालबाहक गाडीहरु नेपाल भित्रिनेक्रम सुरु भएको छ ।
अन्य भन्सार नाकाहरुमा भने मधेसी मोर्चाका कार्यकर्ताको धर्ना जारी छ भने भारतीय पक्षले पनि मालबाहक गाडीको जाँचपास रोकेका छन् । इमेजखबरमा समाचार छ ।