नेपालमाथि नाकावन्दी गरेको विरोधमा युवा विद्यार्थीद्धारा भारतीय प्रधानमन्त्री माेदीको पुतला दहन

अाफू अनुकूल संविधान नबनाएको प्रतिशोकमा नेपालमाथि नाकावन्दी गरेको विरोधमा युवा विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीको पुतला दहन गरेका छन्। राष्ट्रिय अखण्डता, सार्वभौतिकतामाथि हस्तक्षेप गर्दै भूपरिवेष्टित राष्ट्रमा नाकाबन्दी लगाएर भारतले मानवता विरोधी अपराध गरेको भन्दै नेपाली कांग्रेस, नेकपा (एमाले) र एमाओवादि सम्वद्ध युवा विद्यार्थीले चर्को नाराबाजी गर्दै मोदीको पुत्ला दहन गरेका हुन्।
फेसबुक लगायतका सामाजिक सञ्जालमा विरोध जनाईरहेका विद्यार्थीहरुले सोमबार सडकमा आएर विरोध प्रर्दशन गरेका हुन्। फिदिमको गणतन्त्र चोकबाट मोदीको पुत्ला लिएर चर्को नारावाजी गर्दै बजार परिक्रमा गरी गणतन्त्र चोकमानै आएर पुत्ला दहन गरे।
भारतीय हस्तक्षेपको विरोधमा मोदीको पुत्ला दहन
नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, अखिल नेपाल विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) आवद्ध युवा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। कोणसभामा युवा नेताहरुले भारताको कदमको चर्को विरोध गरेका थिए। तरुण दलका जिल्ला अध्यक्ष सुमन लामा, अनेरास्वीयूका राजु थाम्सुहाङ , क्रान्तिकारीका जलकुमार तामाङले सम्वोधन गरेका थिए। मोदीको पुत्ला दहन गर्ने क्रममा चोकमा सयौँ सर्वसाधारण भेला भएका थिए।
भारतको दमन कायम रहे विरोधका अन्य कार्यक्रम पनि सार्वजनिक गरिने उनीहरूले बताए। नागरिकन्युजमा समाचार छ ।