दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको नयाँ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हिमालय पर्वतमा गइरहने नियमित प्रकारको भूकम्प आज दिउँसो ३.१२ मिनेटमा दार्चुलालाई केन्दबिन्दु बनाएर गएको हो।
गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प गएको हो, हिमालय क्षेत्रमा यस्ता सानातिना भूकम्प गइरहन्छन्- प्रमुख अधिकारीले भने। यसैबीच सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ४ दशमलव ६ रिक्टरको पराकम्प ४:३९ मिनेटमा गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलमाथि हालसम्म ३९७ वटा परकम्प गएका छन्। रासस