भारतको सुनौली नाकाबाट इन्धन बोकेका तथा मालबाहक ट्रकहरु नेपाल भित्रन थाले

भारतको सुनौली नाकाबाट इन्धन बोकेका तथा मालबाहक ट्रकहरु नेपाल भित्रन थालेका छन् । 
आज मध्यान्ह भारतीय भन्सार प्रमुख, सुनौली इलाकाका एसएसबी प्रमुख, भारतीय प्रहरी प्रमुख र नेपालको तर्फबाट सीमावर्ती भन्सार प्रतिनिधि, प्रहरी अधिकारी, भन्सार राजश्व प्रहरी गस्ती प्रहरीबीच भारतमा भएको बैठकपछि सवारीसाधनलाई प्रवेश दिइएको हो । 
भारतीय भूमीमा लामबद्ध भएका ट्रकहरु नेपाल भित्रिरहेका छन् । जसमा इन्धन बोकेका ट्रक, खाद्यन्न बोकेका ट्रकहरु नेपाल छिरिरहेका छन् । ४ वटा बुलेट, ४ वटा पेट्रोलियम पदार्थ बोकेका तथा अरु खाद्यन्न बोकेका ट्रक नेपाल भित्रिएका छन् । लाइनमा बसेका सबै सवारीसाधनलाई क्रमश: छिराउने बैठकमा निर्णय भएको थियो ।
 
आज भैरहवाको अवस्था शान्त छ । सर्वसाधारणको चहलपहल बढेको छ । दुवै तर्फ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । ईकान्तिपुरमा समाचार छ ।