बर्दियाको मैनापोखरमा आन्दोलनकारी र प्रहरीबीच झडप, १० आन्दोलनकारी र दुई प्रहरी घाइते

 बर्दियाको मैनापोखरमा आन्दोलनकारी र प्रहरीबीच बुधबार दिउँसो झडप भएको छ ।
थारु आन्दोलनकारीहरुले राजमार्गमा चलेका गाडी रोकेपछि झडप भएको हो । झडपमा १० आन्दोलनकारी र दुई प्रहरी घाइते भएको जनाइएको छ ।
भीड नियन्त्रण गर्न सशस्त्र र नेपाल प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेका छन् । इमेजखबरमा समाचार छ ।