मधेशी मोर्चाले सबै नेपाली टेलिभिजन च्यानल प्रसारण बन्द

 संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नेपाली टेलिभिजन च्यानल प्रसारण बन्द गराएको छ। बुधबार मोर्चाले पत्रै पठाएर आग्रह गरेपछि च्यानल बन्द गर्न बाध्य भएको सिटी सेटलाइट केबुल वीरगन्जका राम सर्राफले बताए।
आज (बुधबार) मोर्चाले पत्र पठाएर आग्रह गरेको हो, असुरक्षाको कारण र मधेसमा रहेको जनभावना बिपरित पनि हामी जान  मिल्दैन, उनले भेन। बिहानदेखि प्राविधिक समस्या भएपछि मधेशको जनभावना बिपरित देखिएका केही च्यानल प्रसारणमा सूचारु गराउन आफूहरू मिहनेत नगरेको उनले बताए।
एबिसी, माउन्टेन, सगरमाथा, हिमालयन, न्युज २४ लगायत च्यानल बन्द रहेका छन्। यसअघि मंलवार प्रेस विज्ञप्ति प्रकाशित गरेका मोर्चाको पर्सा जनपरिचालन समिति संयोजक प्रदीप यादवले २४ घण्टे अल्टिमेटम बमोजिम बुधबार बन्द गराउने पत्र लेखेका हुन्।
यादवले आन्दोलनलाई बदनाम गर्ने तथा मधेसको भावना विपरीत समाचारहरुलाई बढी प्राथमिकता दिएकोले  खसभाषी च्यानल बन्द गराइएको प्रतिक्रिया दिए।
डेढ महिनाभन्दा लामो समयदेखि बन्द हड्ताल र नाकाबन्दी गरी अधिकार प्राप्तिको आन्दोलनमा उत्रिएको मधेशको आन्दोलनले उठाएको मानवधिकारमुखी र लोकतान्त्रिक मागका लागि छिमेकी राष्ट्रले न्यायको पक्षमा बोलेकै कारण भारतीय च्यानल प्रसारण बन्द गराउने र मधेसलाई बदनाम गराउने टिभी किन्न चल्ने?,यादवको तर्क थियो।
मधेश तथा नेपालका उत्पिडित जनताको आन्दोलनलाई बद्नाम गराउने खोज्नेहरुको इशारामा भएको यो गैरलोकतान्त्रिक र अतिवादी हर्कतले हामीलाई प्रतिवादको लागि बाध्य पारेको उनले बताए।
यसैगरी मोर्चाले मधेशबाट प्रसारित रेडियोहरुमा नेपाली भाषाको गीतसंगीतमा समेत रोक लगाउने पहल सुरु गरेको यादवले बताए। सेतोपाटीमा समाचार छ ।