नयाँं सरकार गठनको विषयमा प्रमुख तीन दलको छलफल

प्रमुख तीन दलले नयाँं सरकार गठनको विषयमा छलफल थालेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा नयाँं सरकार गठनको विषयमा छलफल भएको हो ।
नयाँं प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयनको प्रयोजनका लागि शुक्रबारदेखि व्यवस्थापिका संसदको बैठक सुरु हुँदैछ  ।
बिहीबारको बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी गर्नेक्रममा प्रकट भएको दलहरुबीचको एकतालाई कम्तिमा संसदको अर्को चुनाव नभएसम्मका लागि कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
उनले तीन ठूला दलबाहेक मधेशी दल र राप्रपा नेपाललाई समेत समेटेर सरकार गठन गर्नुपर्ने बताएका थिए । आफ्नो भनाइप्रति नेपाली काँग्रेस र एमालेका नेताहरुले पनि सकारात्मक प्रतिक्रिया दिँदै राष्ट्रिय सरकार गठनमै जोड दिएको प्रचण्डले जानकारी दिए । इमेजखबरमा समाचार छ ।