अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि सिफारिस गरेका दुईजना मन्त्रीहरु विहीबार पदबाट हटेका छन् ।
एमालेबाट मन्त्रिपरिषदमा गएका उर्जामन्त्री राधा ज्ञवाली र युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल पदबाट हटेका हुन् ।
मन्त्री पौडेलले आफैंले राजिनामा दिएका हुन् भने उर्जामन्त्री ज्ञवालीले राजीनामा दिन अस्वीकार गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले बर्खास्त गरेका हुन् ।
अख्तियारले मन्त्रीद्वयले पदीय दुरुपयोग गरेको आरोप लगाउँदै प्रधानमन्त्री कोइरालालाई कारबाहीका लागि केही समय पहिले पत्र लेखेको थियो । तर, दुबै मन्त्रीहरुले राजीनामा दिन अस्वीकार गर्दै आएका थिए ।
उर्जामन्त्री ज्ञवालीले सोलु करिडोर प्रसारण लाइनको ठेक्कामा अनियमितता गरेको आरोप अख्तियारले लगाएको छ ।
यस्तै, खेलकुदमन्त्री पौडेलले विवादास्पद व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्त गरी पदको दुरुपयोग गरेको आरोप अख्तियारले लगाएको छ । इमेजखबरमा समाचार छ ।
के के निर्णय गर्यो।
बिहीबार बसेको बैठकले आन्दोलनका क्रममा पक्राउ गरिएका सबै आन्दोलनकारीलाई रिहा गर्ने
मधेस केद्रीत दललाई विरोध कार्यक्रमलाई शान्तिपूर्ण बनाई तराईको तनावपूर्ण स्थितिलाई सामान्य बनाउन अपिल गर्ने।
भारतीय नाकामा जारी अघोषित नाकाबन्दी फिर्ता गराई आपूर्ति व्यवस्थालाई सहज बनाउनससमेत भारत सरकारसित विभिन्न तहमा कूटनीतिक संवादलाई तीव्र बनाउने
सरकारले वार्ताको वातावरण बनाउन मधेस आन्दोलनका क्रममा मारिएका सबै व्यक्तिका परिवारलाई सहिदको परिवार सरह १०/१० लाख रुपैयाँ दिने
घाइतेको निःशुल्क उपचार गर्ने
तराईमा परिचालित सेना फिर्ता गर्ने
कर्फ्यु र निषेधाज्ञा फिर्ता गर्ने
प्रमुख तीन दलद्वारा गठित वार्ता समिति र मधेस केद्रीत दलहरूबीच सुरू भएको संवाद र छलफलका क्रममा राजनीतिक मुद्दामा हुने सहमतिलाई संविधान संशोधनमार्फत् पूरा गर्ने प्रतिबद्धता