भूकम्पका कारण पाँच महिनादेखि बन्द तातोपानी नाका जोड्ने सडकअन्तरगतको पहिरो हटाइयो

भूकम्पका कारण पाँच महिनादेखि बन्द तातोपानी नाका जोड्ने सडकअन्तरगतको पहिरो हटाइएको छ । लिपिङको पहिरो हटाइएपछि अरनिको राजमार्ग नेपाल-चीन सीमाको मितेरी पुलसँग जोडिएको छ ।
सडक डिभिजन कार्यालय चरिकोटका अनुसार आज साँझ ट्रयाक खुलेको हो । इन्जिनियर रामबहादुर गुरुङले भने, ट्रयाक खुलेको छ तर सवारीसाधनको निर्वाध र पूर्ण आवागमनका लागि १-२ दिन अझै लाग्छ । ईकान्तिपुरमा समाचार छ ।