उत्तरको महत्वपूर्ण केरुङ-रसुवागढी नाका असोज २४ गतेबाट सञ्चालनमा आउने भएको छ ।
चीनले केरुङ नाका उक्त दिनदेखि खुलाउने औपचारिक जानकारी नेपाल सरकारलाई पठाएको हो । यसअघि नै रसुवागढी नाका आयातका लागि तयारी हालतमा छ ।
वैशाख १२ को भूकम्पपछि नाका रसुवागढी बन्द छ । संविधानलाई लिएर असन्तुष्ट भारतले दक्षिणी नाकामा अघोषित नाकाबन्दी गर्दा आपूर्ति असहज भएपछि सरकारले दसैं अगावै उत्तरका नाका खुलाउन आग्रह गरेको थियो ।
नाका खुलाउन सकरात्मक रहेको प्रतिक्रिया दिएको चीनले आग्रहको साता नबित्दै केरुङ-रसुवागढी सञ्चालन गर्ने मिति तय गरेको हो । नाका खुलेकै दिनदेखि आपूर्ति सुरु हुने रसुवागढी भन्सार प्रमुख केदार प्रसाद पनेरुले जानकारी दिए ।
केरुङ-रसुवागढी नाकाको बीचमा चिनियाँ भू