चाडपर्व नजिकिएसँगै नेपालीहरुको भीडभाड हुने नवलपरासीको सीमावर्ती भारतीय बजार ठूठीबारी अहिले भने सुनसान बनेको छ ।
दसैंलगायत विभिन्न चाडपर्वको समयमा ठूठीबारीमा नेपाली ग्राहकका कारण पसलहरु खचाखच हुने गरेका थिए । बजारमा परासी र दक्षिणभेगका मात्र नभइ नवलपुर क्षेत्रसँगै रुपन्देहीको खैरहनी र चितवनबाट किनमेलका लागि सर्वसाधारण जाने गरेका छन् ।
तर, लामो समयको बन्दका कारण अहिले भने ठूठीबारी बजार परासी सदरमुकामभन्दा पनि सुनसान छ । तराई