अबको प्रधानमन्त्री बहुमतीय प्रक्रियाबाटै चयन हुने एमाले ओलीको भनाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको प्रधानमन्त्री बहुमतीय प्रक्रियाबाटै चयन हुने बताएका छन् ।
पार्टीको भ्रातृ संगठन युवा संघको केन्द्रीय कमिटी बैठकको शनिबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले सहमतीय सरकार गठन हुन नदिन चलखेल बढेको भन्दै बहुमतीय प्रक्रियाभित्र सहमति खोजिने बताए ।
उनले दलहरुबीच सहमतिका आधारमा सरकार गठन गर्न अधिकतम् प्रयास गरिए पनि सम्भव नहुने स्पस्ट पारे ।
एमाले अध्यक्ष ओलीले दलहरुबीच भएको सहमतिअनुसार असोज २४ गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने बताए ।
भारतसँगको असहमति धेरै दिन नरहने भन्दै उनले विभिन्न समयमा भएका सन्धि